काठमाडौं फागुन १७।
राजधानीमा २० वर्ष पुराना सवारी साधन चलाउने आज अन्तिम दिन रहको छ । २० वर्ष पुराना सवारी साधन भोली देखि चलाए कारबाही गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।
मन्त्रिपरिषदले पुराना गाडी हटाउने निर्णय गरेको २ वर्षपछि यातायात व्यवस्था विभागले भोली देखि यो नियम कडाईका साथ लागु गर्न लागेको हो ।
काठमाडौंमा २० वर्ष पुराना गाडी चल्न पाउने आज अन्तीम दिन रहेको र यस्ता यातायात भोली देखि सडकमा चलाए गाडीलाई ट्राफिकले उठाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा.टोकराज पाण्डेले जानकारी दिनुभयो ।
यस्ता गाडी काठमाडौंका सडकमा गुडाएमा नियन्त्रणमा लिन ट्राफिक प्रहरी महाशाखामा पत्राचार गरिएको प्रवक्ता पाण्डेले बताउनु भयो ।
यता ट्राफिक प्रहरीले भने आफुलाई यो विषयमा कुनै जानकारी नभएको बताएको छ । विभागले भोलीबाट यस्ता गाडी चलाउन रोक लगाउने भएपछी यातायात व्यवसायी भने अन्योलमा परेका छन् ।