फागुण १६ रसुवागढी । नेपालकै महत्वपूर्ण चीन जोड्ने सडक रसुवाको मईलुगं देखि स्याफ्रुवेसी सम्मको सडक निर्माणको निम्ती पहल गरेको भन्दै हिमाली समाज नेपालले केरुगं चीन नेपाल व्यापार संघका अध्यक्ष तथा समाजसेवी मान बहादुर तामागंलाई सोमबार सम्मान गरेको छ ।
ग्याल्पो ल्होसारको अवसर पारेर हिमाली समाजले रसुवाको गोल्जुगंमा आयोजना गरेको कार्यक्रममा उक्त सम्मान गरिएको हो ।
सासद छोवागं तेञ्जिगं तामागंले उक्त सम्मान पत्र गर्नु भएको थियो । अध्यक्ष तामागंले चीन नेपाल व्यापार सहजिकरणका लागि पूर्व अर्थमन्त्री राम शरण महत लगायतका उच्च अधिकारीहरुसगँ ध्यानाकर्षण गराएर मैलुगं स्याफ्रुवेसी सडक निर्माण गर्ने निर्णय गराएकोमा सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।
सेनाले ७५ साल बैशाख सम्ममा सडकको ट्रयाक पूर्ण रुपले खुलिसक्ने र गाडी कुदाउन सकिने जानकारी दिएको छ ।
सो सम्मान कार्यक्रममा बोल्दै केरुगं चीन नेपाल व्यापार संघका अध्यक्ष मान बहादुर तामागंले आफूले अहिले सम्म गोल्जुंग र रसुवावासीका लागि सक्दो काम गरीरहेको र अझै पनि सहयोग पुर्याउदै जाने बताउनु भयो ।
उहाँले महाशक्ति चीनको छेउमा भएर पनि रसुवा अझै पनि विकासमा पछि परेकाले चीन र नेपाल जोडिने छेउका दुवै देशका बस्तीहरुमा सिस्टर भिलेजको विकास गर्नु पर्नेमा जोड दिनु भयो ।

यसले संस्कृति, विकास र व्यापार आदान प्रदान हुने र विकासमा मद्धत पुग्ने धारणा अध्यक्ष तामागंको छ । उहाँले आफ्नो जन्मगाउँ गोल्जुगंलाई जे समस्या परे पनि तत्कालै दुखः सुख साट्ने भन्दै अब पार्वती कुण्ड गाउँ पालिकाको नेतृत्वका लागि उम्मेद्धारी नै दिन सक्ने र सहयोग गर्न आग्रह गर्नु भयो ।
उहाँले आफू गाउँ पालिकामा नेतृत्व बन्न सके देशकै नमुना गाउँपालिका बनाउन सक्ने दावी गर्नु भयो । ल्होसारको सो कार्यक्रममा देशका प्रशिद्ध कलाकारहरु सुरविर पण्डित, पल्पसा डंगोल, अनिल राई , सरस्वती लामा लगायतका पनि पुगेका थिए ।
