काठमाण्र्डाै, फागुन १६ ।
स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगमा दल दर्ताको काम सुरु भएको छ । आज नेपाल समावेशी पार्टीले दल दर्ता गरेको छ । अरु केही दलले पनि दल दर्ताको लागि फारम लगेका छन् ।
आज(सोमबार) सार्वजनिक बिदामा पनि निर्वाचन आयोगमा काम भइरहेको छ । आउँदो वैशाख ३१ गते हुने स्थानीय चुनावको अरु तयारीसँगै दल दर्ताको काम हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।आयोगले स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरुलाई फागुन १८ गतेसम्म आयोगमा दर्ता हुन भनेको छ ।
संविधानको धारा २ सय ६९ बमोजिम आयोगमा दर्ता कायम भई आफू क्रियाशील रहेका जिल्लाका निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउने राजनीतिक दलहरूले चुनावका लागि निर्वाचन आयोगको केन्द्रिय कार्यालयमा जानकारी गराउनुपर्ने हुन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline