ढुङ्गा खानी सञ्चालनमा ल्याउन रुमवासीको माग

ढुङ्गा खानी सञ्चालनमा ल्याउन रुमवासीको माग

  • सोमवार, फाल्गुन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ १६ फागुन ।
म्याग्दीको दुर्गम रुम गाविसमा रहेको स्लेट र छाउनी ढुङ्गाको खानी सञ्चालनमा ल्याउन स्थानीयले सरकारसँग माग गरेका छन् ।

रुम गाउँको शिरानमा रहेको सो स्लेट खानीमा गुणस्तरीय स्लेट र छाउनी ढुङ्गा निकाल्न सकिने भएपनि प्रविधिको अभाव र लगानीको समस्याका कारण स्थानीयले थोरै मात्रामा खानीबाट स्लेट र छाउनी ढुङ्गा निकालेर बिक्री गर्दै आएका छन् ।

रुममा रहेको विशाल स्लेट खानीलाई व्यवस्थितरुपमा सञ्चालन गर्न सकेमा दैनिक ३५ जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने र राज्यलाई वार्षिक लाखौँ राजस्व प्राप्त हुने सम्भावना रहँदारहँदै पनि सरकारी निकायबाट बेवास्ता गरिएको स्थानीयको गुनासो छ ।

त्यहाँको स्लेट र ढुङ्गा स्तरीय र चिल्लो भएको हुँदा पोखरा, बागलुङ लगायतका ठाउँबाट पनि माग हुँदै आएको छ । हाल खानीको बाहिरी भागबाट निकालिएको ढुङ्गा बेचेर वार्षिक रु २५ लाखभन्दा बढी आम्दानी हुँदै आएको स्थानीयको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ