काठमाडौ १६ फागुन ।
नेपाल आयल निगमले आगमी चैत्र १९ देखि देखि भारतबाट युरो–४ मापदण्डको इन्धन आयात गर्ने भएको छ ।
निगमले भारतीय आयल कर्पोरेसन आइओसीसँग आगामी ५ वर्षका लागि मार्चमा इन्धन खरिद सम्झौता नवीकरण गर्ने तयारी गरेको छ ।
सम्झौता नवीकरणपछि चैत्र १९ अर्थात १ अप्रिलबाट युरो–४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात हुने निगमले जनाएको छ ।
अहिले नेपालमा युरो–३ मापदण्डको इन्धन आयात भइरहेको छ । इन्धन सम्झौता नवीकरणका लागि आवश्यक तयारी भइरहेको आयल निगमका प्रवक्ता भानु खनालले जानकारी दिनुभयो ।
भारतले सन् २०१७ बाट युरो–३ मापदण्डको इन्धन प्रयोगमा प्रतिबन्ध लगाई युरो–४ प्रयोग गर्ने घोषणा गरिसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline