काठमाडौं, फागुन १५ ।
माओवादी केन्द्रका नेता वर्षमान पुनलाई आज उपचारका लागि थाइल्याण्डको बैकक लैजाने तयारी गरिएको छ । केहि दिन देखि अस्पतालमा उपचाररत पुनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि आज बैंकक लैजान लागिएको हो ।
पुनसँगै उहाँको पत्नी एवं सभामुख ओनसरी घर्तीमगर पनि बैंकक जाने बताइएको छ । ज्वरो आएर काठमाडौंको ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा उपचार गराइरहे पनि निको नभएपछि थप उपचारका लागि बैंकक स्थित समिति भेज अस्पतालमा लैजान लागिएको हो ।
पार्टी कामको सिलसिलामा केही दिन अघि रोल्पा गएका नेता पुनलाई त्यहाँबाट फर्किए लगत्तैदेखि ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । यसअघि पनि जण्डिस बिग्रिएपछि पुनलाई बैंकककै समितिभेज अस्पतालमा उपचार गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline