काठमाडौँ, १५ फागुन ।
संसद्को विकास समितिले स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि प्राप्त सुझावलाई आज सम्बन्धित मन्त्रालयमा पठाउने तयारी गरेको छ ।
विधेयकमाथि छलफलका क्रममा उठेका विषय वस्तुलाई लिखित सुझावसहित आज संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाउने तयारी भएको समिति सभापति रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।
विधेयकमाथि सांसदहरुले प्रमुख रुपमा स्थानीय तहमा लगाइने करको व्यवस्था, खाता सञ्चालन तरिका, प्राकृतिक स्रोतबाट प्राप्त हुने राजस्व बाँडफाँड तथा सञ्चित कोष, कर्मचारी विभाजन र वडा सीमाङ्कन लगायत विषयमा सुझाव दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline