स्वुवियू निर्वाचनका लागि आज पनि उम्मेदवारी दर्ता हुदै

स्वुवियू निर्वाचनका लागि आज पनि उम्मेदवारी दर्ता हुदै

  • आइतवार, फाल्गुन १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, फागुन १५।
स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि आज पनि उम्मेद्वारी दर्ता हुँदैछ । मनोनयन दर्ता हिजो नै गर्नुपर्ने भए पनि विद्यार्थी संगठनको तालाबन्दी र झडपका कारण धेरै क्याम्पसमा मनोनयन दर्ता हुन नसकेपछि आज पनि मनोनयन दर्ता हुन लागको हो ।

आगामी बुधबार नै चुनाव गर्नेगरी आन्तरिक कार्यतालिका समायोजन गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । हिजो बेलुका बैठकमा विद्यार्थी संगठनका केन्द्रीय नेताहरुले तालाबन्दी हटाएर आज मनोनयन दर्ता गर्ने प्रतिवद्धता जनाएको त्रिभुवन विश्वविद्यालयको निर्वाचन अनुगमन तथा समन्वय समितिका सदस्य नरेन्द्र शिवाकोटीले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकाका २२ वटा आंगिक क्याम्पसमध्ये भक्तपुर क्याम्पस, सानोठिमी क्याम्पस, चिकित्साशास्त्र अध्ययन सस्ंथान, नर्सिङ क्याम्पस र जनप्रशासन क्याम्पसमा मात्र हिजो मनोनयन पत्र दर्ता भएको छ ।

केही क्याम्पसमा आंशिक रुपमा मात्र मनोनयन दर्ता भएकाले ती लगायत शनिबार मनोनयन दर्ता नै हुन नसकेका क्याम्पसमा आज मनोनयन दर्ता हुने शिवाकोटीले जानकारी दिनुभयो ।

काठमााडौं बाहिर इलाम, पाल्पा र धनकुटामा केही समस्या भएको बाहेक सबैजसो क्याम्पसमा मनोनयन दर्ता भएको छ । तराईका जिल्लामा भने मधेसी मोर्चाले क्याम्पस बन्द गराएका कारण स्ववियु चुनावको कुनै काम हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ