धनगढी, १४ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले समग्र देश विकासका लागि वित्तीय अवस्थाको सुधार हुनु आवश्यक रहेको बताउनुभएको छ ।
कैलालीको अत्तरियामा आज सञ्चालन भएको वित्तीय साक्षरता अभियानमा उहाँले पैसा चलाउन नजानेका कारण देश गरिबीको अवस्थामा पुगेको बताउनु भयो ।
मिडिया इन्टरनेशनलको आयोजनामा भएको सो कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक बिश्रुत थापाले जनचेतना बढाउन यस्तो किसिमको कार्यक्रम सफल रहने बताउनु भयो । कार्यक्रमस्थलमा वित्तीय साक्षरतासँगै सर्वसाधारणलाई खाता खोल्नका लागि विभिन्न बैंकको कक्षसमेत राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline