पुरानो गाडी हटाउदा अनुदान या भन्सार छुटको व्यवस्थ गर्न माग

पुरानो गाडी हटाउदा अनुदान या भन्सार छुटको व्यवस्थ गर्न माग

  • शनिबार, फाल्गुन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

फागुण ,१४ काठमाण्डौं ।

विभिन्न यातायात व्यवशायी , साना राजनीतिक दलका नेताहरु र मजदुर संगठनका प्रतिनिधिहरुले सरकारले आगामी १७ फागुणबाट हटाउने भनेको २० वर्ष पुरानो गाडी विस्थापित गर्नु अघि अनुदान या नयाँ गाडी खरीद गर्दा आयात कर छुट दिन माग गरेका छन् ।

पीडित यातायात व्यवशायी स्वरोजगार मजदुर संघर्ष समितिले आज लगनखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले कमिसनको प्रलोभनमा सरकार र यातायात व्यवशायीहरुले पुरानो गाडी हटाउने चलखेल गरेको समेत आरोप लगायएका छन् ।

राष्ट्रिय बोर्डिङ स्कुल भाडा बस व्यवशायी संघका अध्यक्ष भगवान शाहीले नेपाल जस्तो गरीब देशमा यस्तो निर्णयले आर्थिक हानी पुग्ने भन्दै सरकार सचेत रहनु पर्ने बताउनु भयो ।
फलामको ईन्जिन सही तरीकाले मर्मत भएको छ वा छैन भनेर अनुगमन नभएको भन्दै उहाले सरकारले कुनै विकल्प विनानै यो कदम चालेको शाहीले बताउनु भयो ।
कार्यक्रममा एकीकृत राष्ट्रवादी पार्टीका माधव प्रसाद भण्डारी , राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष नवराज दाहाल , मातृभूमि पार्टीका ओमकार विस्वकर्मा , स्वस्तिक स्वरोजगार ट्याक्सी व्यवशायी सघका अध्यक्ष प्रकाश बस्नेत लगायतका वक्ताले पनि सरकारको यो निर्णयको विरोध गर्दै विकल्प प्रस्तुत गर्न माग गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ