नेविसंघ र अनेरास्ववियुुका कार्यकर्ताबीच आर.आर. क्याम्पसमा फेरी झडप, तीन घाइते

नेविसंघ र अनेरास्ववियुुका कार्यकर्ताबीच आर.आर. क्याम्पसमा फेरी झडप, तीन घाइते

  • शनिबार, फाल्गुन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ १३ फाल्गुण ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको विषयलाई लिएर प्रदर्शनीमार्ग स्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियु र नेविसंघका कार्यकर्ताबीच झडप भएको छ । ‘क्याम्पस हाताभित्र विद्यार्थी परिचयपत्र भएकालाई मात्र प्रवेश गराउने सहमति भएको थियो ।

तर, क्याम्पस प्रशासनले त्यसलाई बेवास्ता गरेको’ आर.आर नेविसंघले आरोप लगाएको छ ।

त्यस्तै, क्याम्पसमा तालाबन्दी भएको अवस्थामा अनेस्ववियुले निर्वाचन अधिकृतलाई थर्काएर जवर्जस्ती उम्मेदवारी मनोनयन दर्ता अघि बढाएको र यसमा क्याम्पस प्रमुखको नियोजित षडयन्त्र नेविसंघको आरोप छ ।

क्याम्पसहरुमा स्ववियुको चुनाव हुन नदिने षडयन्त्र भएपछि त्यस्ता विद्यार्थीलाई लखेट्दा झडपको अवस्था सिर्जना भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए ।

झडपमा परी नेविसंघका तीन विद्यार्थी नेता ऋषि पोखरेल, सुरेश सुवेदी र महेश गौतम घाइते भएका छन् । घाइतेको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ । झडपमा विद्यार्थी दिनेश शर्माको मोटरसाईकल तोडफोड भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ