डोलेश्वरमा साधुसन्त र नागाबाबाको बिदाई

डोलेश्वरमा साधुसन्त र नागाबाबाको बिदाई

  • शनिबार, फाल्गुन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

भक्तपुर, फागुन १४ ।

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्त र नागाबाबाहरुलाई आज बिदाई गरिएको छ । बिदाईको क्रममा साधुसन्त र नागाबाबाहरुलाई दक्षिणाका साथ एक थान कम्बल, २ थान धोती र १ थान कमण्डलु प्रदान गरि विदाई गरिएको हो ।

डोलेश्वरमा आएका साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।

जसअनुसार क वर्गका साधुसन्तलाई नगद १ हजार १ सय ११, ख वर्गलाई नगद ७ सय ७७ रुपैयाँ र ग वर्गलाई नगद ५ सय ५५ रुपैयाँ दक्षिणा दिइएको हो । डोलेश्वरमा विगत केही वर्षदेखि साधुसन्तहरुको आगमन हुने गरेको हो । यस वर्ष २ सय ५० साधुसन्तहरुको आएको समितिले जनाएको छ ।

डोलेश्वरमा शिवरात्री पर्वका लागि गत दुई हप्ता अघिदेखि साधुसन्तहरु आएका थिए । मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत व्यवस्था गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ