पोखरामा बर्डफ्लु भेटियो , बिक्री वितरण तथा ओसारपसारमा रोक

पोखरामा बर्डफ्लु भेटियो , बिक्री वितरण तथा ओसारपसारमा रोक

  • शनिबार, फाल्गुन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ ,१४ फागुन ।
जाडो मौसम सकिनै लाग्दा पोखराको खाल्टे मसिनामा बर्डफ्लु भेटिएको छ । पोखरा उपमहानगरपालि १८ स्थित स्थानीय मीना परियारले पालेका कुखुरा र हाँसमा बर्डफ्लुको संक्रमण पुष्टि भएको हो ।

उनले पालेका ११ लोकल कुखुरा र २० वटा हाँसमध्ये सवै कुखुरा र १७ वटा हाँस मरेपछि काठमाडौंस्थित केन्द्रीय पशु रोग अन्वेषण प्रयोग शाखामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

गत फागुन ६ गते नमुना संकलन गरी परिक्षणका लागि क्षेत्रीय पशुरोग अन्वेषण केन्द्र पठाईएको थियो । नामुना परिक्षणका क्रममा एच फाईभ एन वन देखिएको शाखाले जनाएको छ ।

परिक्षणमा बर्डफ्लु पुष्टि भएसँगै जिल्ला पशु सेवा कार्यालयले रोकथाम तथा संक्रमण फैलन नदिन आवश्यक तयारी थालेको छ । स्थानीय प्रशासनले आजै बिहान खाल्टेमसिना र आसपासलाई संक्रमित क्षेत्र घोषणा गर्दै पंछिजन्य वस्तु बिक्री वितरण तथा ओसारपसारमा पनि रोक लगाएको छ ।

काठमाडौंबाट जाने सम्बन्धित कर्मचारीको सहयोगमा आजैबाट संक्रमित पंक्षी, पंक्षीजन्य पदार्थ नष्ट गर्ने कार्य सुरु गर्ने जिल्ला पशुसेवा कार्यालय कास्कीले जनाएको छ ।

सो क्षेत्रमा करिब ४ सयको संख्यामा कुखुरा, हाँस लगायतका पंक्षी रहेको अनुमान गरिएको छ । नेपालमा पहिलो पटक २०६५ सालमा झापामा बर्डफ्लु भेटिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी