स्ववियु निर्वाचनको मनोनयन दर्ता प्रक्रिया प्रभावित ,निर्वाचन नै अनिश्चित

स्ववियु निर्वाचनको मनोनयन दर्ता प्रक्रिया प्रभावित ,निर्वाचन नै अनिश्चित

  • शनिबार, फाल्गुन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौ १४ फागुन ।
आगामी फागुन १८ गतेका लागि तय भएको स्ववियु निर्वाचनका लागि आज हुने भनिएको उम्मेदवारी दर्ता प्रक्रिया प्रभावित भएको छ ।

बिभिन्न बिद्याथी संगठनले उपत्यका सहित मुलुकभरका अधिकाशं क्याम्पसमा तालाबन्धी गरेपछि आजका लागी तय भएको मनोनयन दर्ता प्रक्रिया प्रभावित भएको हो ।

बिद्याथींहरुको बिरोध तथा तालाबन्धीका कारण स्ववीयु निर्वाचन नै अनिश्चित बनेको छ । काग्रेस भातृ संगठन नेविसंघ , नया शक्ति , मधेश केन्द्रित दलका बिद्यार्थी संगठन , स्नातक तेस्रो र चौथो बर्ष ,स्नातकोत्तर दोस्रो बर्षका तथा बि टि टि एम ,बिबिएका सम्पूर्ण बिद्याथीहरुले उपत्यका सहित देशभरका क्याम्पसमा आज तालाबन्दी गरेका छन् ।

स्ववियु निर्वाचन हुने काठमाडौं उपत्यका सहित देशभरका त्रिवि आङिगक क्याम्पसहरुमा प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका रहेपनि बिद्यार्थी संगठनको तालाबन्धीका कारण उपत्यकाका अधिकाशं र देशभरका बिभिन्न क्याम्पसहरुमा मनोनय दर्ता प्रक्रीया रोकिएको छ । संसोधित कार्यतालिका अनुसार आज प्रत्यक्ष तर्फ मनोनय दर्ता गर्ने र समानुपातिक तर्फको सिलबन्दी नामावली बिद्यार्थी संगठनहरुले निर्वाचन समितिमा बुझाउनु पर्नेछ ।
बिहान १० देखि अपरान्न ३ बजेसम्म दुबैतर्फको उमेदवारी दिने र साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने त्रिविको तयारी छ ।

काठमाण्डौका पशुपति क्याम्पस ,त्रिचन्द्र , शंकरदेव , विश्वभाषा , पब्लीक युथ र त्रिवि लगायतका क्याम्पसमा तालाबन्धी गरिएको छ । मधेशी बिद्याथीहरुले महेन्द्र मोरङ बहुमुखि क्याम्पस विराटनगर , स्नातकोत्तर क्याम्पस , नर्सिङ क्याम्पस र नवलपरासिको बेलाटारी क्यम्पसमा तालाबन्दी गरेका छन् ।

यस्तै सोहि क्षेत्रको कुमारवर्ती बहुमुखि क्याम्पसमा फर्जि बिद्यार्थी भर्ना गरिएको र बिद्यार्थीलाई मताधिकारबाट बन्चित गरिएको भन्दै तालाबन्दी गरेका हुन् ।

यस्तै उपत्यकाको अधिकाशं क्याम्पसमा स्नातक तेस्रो र चौथो बर्ष ,स्नातकोत्तर दोस्रो बर्षका तथा बि टि टि एम ,बिबिएका बिद्यार्थीले स्वीयुको नयाँ संसोधित नियमावलीले बिद्याथीहरुको अधिकार खोसिएको भन्दै बिरोध स्वरुप तालाबन्दी गरेका छन् ।

त्रि वि स्ववियु सम्बन्धी नियमावलीमा उमेरहद प्रणलीबिरुद्ध सर्बोच्च अदालतमा मुद्धा विचाराधिन रहेको अवस्थामा निर्वाचन गराउन नमिल्ने भन्दै सम्पूर्ण प्रक्रिया रोक्न उनीहरुले माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी