स्थानिय निर्वाचन हुन्छ , मधेसी पनि आउछन् : मन्त्री गुरुङ

स्थानिय निर्वाचन हुन्छ , मधेसी पनि आउछन् : मन्त्री गुरुङ

  • शनिबार, फाल्गुन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

मोरङ, १४ फागुन । श्रममन्त्री सूर्यमान गुुरुङले स्थानीय निकायको निर्वाचनमा सहभागी हुुने विषयमा मधेसीवादी दलसँग वार्ता भईरहेकोले उनीहरुको आन्दोलन केहि दिनमै रोकिने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा संञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले स्थानीय निकायको निर्वाचनमा सहभागी हुुने विषयमा मधेसीवादी दलसँग भइरहेको वार्ता सकारात्मक रहेको बताउनु भयो ।

संविधान संशोधन र स्थानीय निकाय निर्वाचनको प्रक्रियासँगै अघि बढेको भन्दै मन्त्री गुरुङले मुलुकमा देखिएको समस्याको निकास चाँडै निस्कनमा पनि विश्वास ब्यक्त गर्नुभयो ।

निर्वाचनमा सबैको उत्साहजनक सहभागिता रहने र मधेसी मोर्चालाई सहमतिमा ल्याएर निर्धा्रित मितिमा स्थानीय निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको उहाँको भनाई छ ।
लामो समायदेखि स्थानीय निकायका निर्वाचन नहुँुदा जनतामा नैरश्यता छाएकाले अब कुुनै पनि हालतमा निर्वाचन नरोकिने र तोकिएकै मितिमा निर्वाचन हुुनेमा मन्त्री गुरुङको जोड छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ