सुनसरी, फागुन १४ । गत बिहिवारदेखि हराईरहेकी सुनसरीको चाँदबेला गाविसमा १३ वर्षीया बालिकाको हत्या भएको छ ।
चाँदबेला गाविस–९ की अमिताकुमारी मुदियारीको विभत्स तरीकाले हत्या गरेको अवस्थामा आज बिहान कल्भटमा शव फेला परेको हो ।
घटनाको प्रकृती हेर्दा उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिनुभयो ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकका आफन्तले हत्याराको तत्काल खोजी गरी कारबाही गर्न माग गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline