स्ववियु निर्वाचनका लागि आज उमेदवारी दर्ता

स्ववियु निर्वाचनका लागि आज उमेदवारी दर्ता

  • शनिबार, फाल्गुन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ १४ फागुन । आगामी फागुन १८ गतेका लागि तय भएको स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुदैछ । संशोधित कार्यतालिका अनुसार आज सार्वजनिक विदा परेपनि निर्वाचन कार्यतालिका यथावत रहने जनाइएको छ ।

आज बिहान १० देखि स्ववियु निर्वाचन हुने काठमाडौं उपत्यका सहित देशभरका त्रिवि आङिगक क्याम्पसहरुमा आज उम्मेदवारी दर्ताको प्रक्रिया सुरुहुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार आज अपरान्न ३ बजेसम्म प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारी मनोनयन गर्ने र साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गरिने रहेको छ ।

यस्तै भोली बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोध गर्ने समय तोकिएको छ । मध्यान्न १२ बजे उम्मेदवारको दाबी विरोधमाथि छानबिन गरी नामावली प्रकाशन गरिने छ ।

भोली दिउँसो १२ बजेदेखि ३ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय दिएको त्रिबिले साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

८ बर्षपछि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त र आंगिक क्याम्पसहरुमा आगामी फागुन १८ गते २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली हनुसार स्ववियु निर्वाचन हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी