काठमाडौ १४ फागुन । पार्टी सभापति शेरबहादुर देउवा एकल ढङ्गले अघि बढेको भन्दै असन्तुष्ट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको छुट्टै बैठक आज बस्दैछ । बैठक बिहान साढे ९ बजेपछि महाराजगन्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा बोलाइएको छ ।
बैठकमा लामो समयदेखि केन्द्रिय समिति बैठक बस्न नसकेको, पार्टी निर्णयमा सभापति एकलौटी ढङ्गले अघि बढेको तथा सरकारमा पार्टीको भूमिका प्रभावकारी हुन नसकेको लगायका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
आजको बैठकले केन्द्रिय समितिको बैठक तत्काल बोलाउन तथा विभिनन मुलुकमा पार्टीका तर्फबाट भएको राजदुत सिफारिस सच्याउन सभापति देउवालाई लिखित पत्रसहित आग्रह गर्ने जनाइएको छ ।
आजको बैठकबाट लिखित पत्र दिइने र माग सुनुवाई नभए दवावका लागि हस्ताक्षर अभियान सम्चालन गरिने कांग्रेस नेता बलबहादुर केसीले जानकारी दिनुभयो ।
पौडेल निकट एक केन्द्रीय सदस्यले देउवा पार्टी भित्रै निरकुश बन्न थालेको र उनलाई लगाम लगाउनै पर्ने अवस्था आएको चेतावनी दिएका छन् ।
सभापति एक्लैले मनपरी गरेर पार्टी चलाउन पाईदैन उनले भने देउवाजीले टेर्नु भएन भने हामी अझ कडा रुपमा प्रस्तुत हुन्छौं ।