काठमाडौ १४ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्र छाप्ने जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव लगायतका पदाधिकारीले केन्द्रको स्थलगत निरीक्षण गरि मतपत्र छपाइ लगायतको कार्यका विषयमा छलफल गरेपछि उक्त निर्णय गरेको हो ।
मतपत्र छपाईका लागि आवश्यक पर्ने जनशक्ति, प्रेसको अवस्थाका साथै अन्य प्राविधिक तथा सुरक्षात्मक हिसाबले केन्द्र नै उपयुक्त रहेको निष्कर्ष निकाल्दै मतपत्र छपाइको जिम्मा केन्द्रलाई दिने निर्णय गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनु भयो ।
विसं २०३६ सालको जनमत संग्रहदेखि हालसम्मका सबै निर्वाचनको मतपत्र जन शिक्षा सामग्री केन्द्रले नै छाप्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline