जनयुद्ध र झापा आन्दोलनका शहीदहरुको सम्झनामा सप्ताह मनाईदै

जनयुद्ध र झापा आन्दोलनका शहीदहरुको सम्झनामा सप्ताह मनाईदै

  • शनिबार, फाल्गुन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 19.4K
    SHARES

फागुण १४ काठमाण्डौं ।जनयुद्धका प्रथम शहीद दिल बहादुर रम्तेल र झापा आन्दोलनमा शहीद भएका कृष्ण कुईकेल सहित ४ जना शहीदको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी माओवादीले आजदेखि शहीद सप्ताह मनाउदै छन् ।

२०५२ साल फागुण १ गते माओवादीले शुरु गरेको जनयुद्धको क्रममा फागुण १४ गते आजकै दिन प्रहरीद्धारा हत्या गरिएका गोरखाका दिल बहादुर रम्तेल १० वर्षका मात्र थिए । गोरखा देउराली गाविस जराङ ३ का उनी स्कुले विद्यार्थी थिए ।

यस्तै झापाको सुखानीमा २०२९ साल फागुण १९ गते झापा जेलबाट लगेर कृष्ण कुईकेल, रामनाथ दाहाल, विरेन राजबंशी र नेत्र घिमिरेलाई सुखानी जंगलमा हत्या गरिएको थियो ।

यस शहीद सप्ताहको अवसरमा नेपाल कम्युनिष्ट पार्टीले रोल्पाको लिवाङमा पार्टी महाधिवेशनको निर्णय सार्वजनिक गर्न घोषणा सभा सहित कार्यक्रम गर्दैछ भने देशभर विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।
यस्तै क्रान्तिकारी माओवादीले देशै भर जिल्लाहरुमा शहीद सप्ताह मनाउने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ