फागुण १३ काठमाण्डौं । माझी उत्थान संघले समुदायको पर्व लदी अर्थात जल पुजालाई राष्ट्रिय पर्वको रुपमा सुचीकरण गर्न माग गरेको छ ।
आज संघ र अन्य माझी सम्बद्ध संगठनहरुले पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् । यो पर्व हरेक वर्ष फागुणको तेस्रो मंगलबारका दिन हुने गर्दछ ।
माझी उत्थान संघका अध्यक्ष तथा आदिवासी उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव गोविन्द लाल माझीले लोपोन्मुख हुदै गएको यस समुदायको पर्व प्राकृतिक रहेकोले यसलाई संरक्षण गर्न सरकारले ध्यान दिनु पर्ने बताउनु भयो ।
यस पर्वलाई सूचीकरण गरेर राष्ट्रिय पर्वको रुपमा मान्यता दिएर सके सम्म सार्वजनिक विदा दिने र नसके सम्बन्धित समुदायलाई विदा दिने व्यवस्था गर्न उहाले माग गर्नु भयो । यही १७ गते उपत्यकाको शखपार्कमा यो पर्व मनाउने संघले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline