हाम्रालाई भन्दा राम्रालाई साथदिने सस्कार बसालौ!

हाम्रालाई भन्दा राम्रालाई साथदिने सस्कार बसालौ!

  • शुक्रबार, फाल्गुन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

एमाले ले माओवादीको बिरोध ,माओवादीले एमालेको बिरोध वा काङ्ग्रेस आपसमा बिरोध सधैं। के हिजो के.पी को सरकार हुदा के.पी ओलि एमालेका लागि मात्र प्रधानमन्त्री भएका थिए र ? पक्कै पनि होइन ,अहिले माओवादी सरकारमा छ यसको मतलब यो होइनकि क: प्रचण्ड प्रधानमन्त्री माओवादीको लागिमात्र हो ? कदापी होइन सिङ्गो रास्ट्रको निम्ति हो ! देशको लागि हो! खोइ कुरा बुझ्या हामीले ? हिजो केपी ओलिले लिएका एजेन्डा हरुपनी गलत थिएनन् ,हावाबाट बिजुली, जन्ताको घर – घर मा ग्यासको पाइप जोइन, हिन्द महासागरमा पानी जहाज आदि यो गलत हो त ? पक्कै पनि होइन मान्छेले सपना नदेखेर योजना बनाउनु मुर्खता हो त्यसैले केपी काकाले देखेका सपना सबै जाइज थिए ! तर सपना मात्र देखेर भएन पुरागर्न समय चाहिन्छ ,समय नपुग्दै सरकार गिराइयो/परिवर्तन भयो!तथापी वर्तमान सरकार ले अहिले जुनकाम गरिरहेको छ एकदमै श्रानिय छ र जुन नीति कार्यक्रम अनुसार काम भैरहेको छ त्यो के.पि सरकारले नै प्रस्तुत गरेको अनुसारनै छ जुन नीति कार्यक्रमलाइ माओवादी आफैले फेल गरायो र प्रचण्ड प्रम भएपछी त्यही फेल निति कार्यक्रमलाइ पास गरायो!

खैर प्रचण्ड सरकारको काम प्रसम्सनिय छ!जन्तालाइ लोडसेडिङ मुक्त गरायका छन् काठमाडौ ,पोखरा ,मात्र नभएर देशको कुना -कुनामा हरेक नेपालिको घर घरमा बिजुली बत्ती बोलेको छ !विशेष गरि उर्जामन्त्री जनार्दन शर्मा र कुशल कर्मचारी कुलमान घिसिङ ज्युलाई तिनकरोड नेपाली जान्ताको सलाम छ ! प्रचण्ड सरकारले गरेका काम रातारात सफल भएका होइनन पुर्वर्ती सरकारहरुको पनि कोसिस तयारी सुरुवात व्यवस्थापन आदि कार्यहरु अवस्य थिए, प्रचण्ड प्रम बन्ने बित्तिकै जादु भयको होइन सबैको योगदान छ, सबैलाइ जस दिने सस्कृती बसालौ! हामिले बिरोध भन्दा बिकाश हेरौ कस्ले राम्रो काम गर्यो त्यो हेरौ कुनै पार्टिको बिरोध नगरौ !

एमाले ,माओवादी ,काङ्ग्रेस सबै नेपाली नै हुन् उनिहरु पनि बस्ने नेपाल मै हो तसर्थ जुन पार्टी सरकार मा भएपनी राम्रो कामको लागि सपोट गरौ खुट्टा तान्ने प्रबृत्ति हटाऊ! हामिलाइ सोध्ने गर्छन अन्य देशका प्रतिनिधि ,व्यापारी हरुले तिम्रो देशमा त सरकार ९ महिनामा परिवर्तन हुदोरहेछ ! त्यहिभएर तिमिहरु अर्काको देशमा गुलामी गरेका रहेछौ ९ महिनामा तिम्रो सरकारले के बिकाश गर्छ ? र तिम्रो देश समृद्धि हुन्छ…?

तिमी नेपाली युवाहरु सधै यस्तै हो तिम्रो देशको नेता र जनता को बुद्धि कहिले आउँछ..? युवाजती लाई खाडिमा पठाउछ ! अर्काको देश बनाउन अनि कसरी हुन्छ तिम्रो देश परिवर्तन..? हुन पनि हो ! हाम्रो देशमा त्यस्ले भनेको जस्तै भैरहेको छ अब हेर्दै जानुस अबको चुनाव बैशाख ३१ गते भनेर घोषणा भएको छ त्योपनी रोकिन बेर छैन रोकिने र सार्ने सङ्केत पाएपछी सेरबाहादुर देउवा प्रधानमन्त्री पाउने पक्का हो ! दिन गन्दै होलान सेर बहादुर देउवा राज्यको भत्ता पचाउदै सत्तामा रमाउन ।

-दिपक संघर्स (मलेसिया ) 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी