काठमाडौ १३ फागुन ।
जनकपुर ढल्केवर सडकमा गएराति मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूजा गराउन पुरोहित रहेको प्रहरीले जनाएको छ ।
जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज ३ प २३५९ नम्बरको मोटरसाइकलले जनकपुर ढल्केवर सडक खण्ड अन्तरगत लक्ष्मनीयामा ठककर दिँदा जनकपुर उप–महानगरपालिका–७ का पुरोहित महेश पाण्डेको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैजाँलै गर्दा बाटोमै ज्यान गएको जनकपूर प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालक जनकपुर उप–महानगरपालिका–१ का अभिनित सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline