सेना दिवसका अवसरमा राजधानीको सैनिक मन्चमा विषेश समारोह हुदै

सेना दिवसका अवसरमा राजधानीको सैनिक मन्चमा विषेश समारोह हुदै

  • शुक्रबार, फाल्गुन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ १३ फागुन ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले आज देशभर सेना दिवस मनाउँदैछ । आफ्नो स्थापना दिवसका अवसरमा नेपाली सेनाले आज राजधानीको टुँडिखेलस्थित सैनिक मन्चमा विषेश कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली सेनाले दुई दशकदेखि हरेक वर्ष शिवरात्रिका दिन आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । सेना परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा सरकारका उच्च पदाधिकारीका साथै सुरक्षा निकायका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने जनाइएको छ ।

कार्यक्रममा परेड तथा तोप, बढाइँ, कवाज, आतिस बाजीलगायत विविध कार्यक्रम हुनेछन् । सेना दिवसकै अवसरमा जङ्गी अड्डामा साँझ सास्कृतिक कार्यक्रमसहित विशेष समारोह आयोजना हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यसका साथै सैनिक मुख्यालय जङ्गी अड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्म लगायतका निकायमा पनि सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको निर्देशनालयले जनाएको छ ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय तथा कीर्तिमानी काम गर्दै आएको इतिहास छ ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा पनि नेपाली सेनाको महत्वपूर्ण भूमिका छ । विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ६३ जना सैनिकले जीवन बलिदान दिइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ