काठमान्डौ फागुन १३ ।
आज महाशिवरात्री पर्व हिन्दुधर्मालम्बिहरुले मुलक भरका शिवलायमा गई भगवान शिवको पुजाआरधना गर्दै मनाउदै छन् । हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन यो पर्व मनाउने गरिन्छ ।
आज बिहान र दिनभर त्रयोदशी तिथी भए पनि रातको समय चतुर्दशी भएकाले आजकै दिनलाई शिवरात्री मानिएको हो । शास्त्रअनुसार चतुर्दशीमा शिवरात्री मान्ने गरिन्छ ।ं
आजका दिन शिवको महिमा गाँउदै मिठा परिकार, भाङ, धतुरो, बेलपत्र, गाईको दुध, जौ, चन्दन चढाएर पुजा गरिन्छ । शिवको अर्थ कल्याण हुन्छ र यसरी कल्याण गर्ने भगवानले सबैको कल्याण गर्छन् भन्ने पुराणमा उल्लेख छ ।
जटाधारी, निलकण्ठ, भोले बाबा, देवादी देव महादेव, शंकर, कैलाशपति लगायत विभिन्न नामले पुकारिने शिवको प्यारो तिथि चतुर्दशी हो । शिवरात्रीका दिन बिहानदेखि नै शुद्ध भई शिवस्तुति गर्दै एकछाक चोखो खाएर व्रत बस्ने परम्परा छ ।
यसदिन केटाकेटीले बाटोमा डोरीले छेकी बटुवाबाट पैसा माग्ने गर्दछन भने रातको समय जाग्राम बसेर शिव धुनी जगाउदै हलुवा खाने परम्परा पनि छ । यस्तै शिवरात्रीका दिन उपत्यकाको पशुपति मन्दिर लगायत मुलुकभरकै शिवालयमा भक्तजनको विहानै देखि घुइचो लागेको छ ।