वार्षिक आय व्याय नबुझाउने दललाई निर्वाचन आयोगको स्पष्टीकरण

वार्षिक आय व्याय नबुझाउने दललाई निर्वाचन आयोगको स्पष्टीकरण

  • बिहिबार, फाल्गुन १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौ १२ फागुन ।
निर्वाचन आयोगले वार्षिक आय व्याय नबुझाउने र बुझाएपनि तोकिएको मिति भित्र नबुझाउने तीस वटा राजनीतिक दलसँग स्पष्टीकरण माग गरेको छ ।

स्पष्टिकरण सोधिएका दलमा सरकार समर्थित र संसदमा प्रतिनिधित्व गर्ने समेत छन् । आयोगले जरिवाना गर्नु नपर्ने कुनै आधार भए ३ दिनभित्र स्पष्टीकरण पेश गर्न पनि निर्देशन दिएको छ ।

निर्वाचन आयोगले तोकिएको मितिमा बार्षिक आयव्यय नबुझाउने ३० वटा राजनीतिक दलको नाम सार्वजनिक गर्दै यस्तो निर्देशन दिएको हो ।

आयोगले सार्वजनिक गरेको दलहरुमा ढिलो गरि वार्षिक आय व्याय विवरण वुझाएका दलमा बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टी सहित १२ दल र अहिले सम्म विवरण नवुझाएकामा १८ राजनीतिक दल रहेका छन् ।

सरकारलाई सर्मथन गरेको संघीय समाजबादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थारुहट, लगायत दलले पनि आय व्यायको विवरण ढिलागरि बुझाएको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ