संस्कृति तथा कला महोत्सवमा दुइ दर्जन कविले कविता वाचन गर्दै

संस्कृति तथा कला महोत्सवमा दुइ दर्जन कविले कविता वाचन गर्दै

  • बिहिबार, फाल्गुन १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौं, फागुन १२ ।
राजधानीमा जारी नेपाल–दक्षिण कोरिया साहित्य, संस्कृति र कला महोत्सवमा आज नेपाल दक्षिण कोरियाका दुइ दर्जन कविले कविता वाचन गर्दै छन् ।

आज नै डेढ दर्जन नेपाली गजलकारले गजल पनि प्रस्तुत गर्नेछन भने नेपाली कवि र गजलकारहरुले विभिन्न मातृभाषामा सिर्जना समेत प्रस्तुत गर्ने छन् ।

महोत्सवको अन्तिम दिन भोली नेपाली र कोरियाली चित्रकार तथा मूर्तिकारका चित्रकला, मूर्तिकलाको प्रदर्शनी तथा कलाबारे अन्तर्क्िरया कार्यक्रम गरिने बताएको छ ।

नेपाल र दक्षिण कोरियाबीच सांस्कृतिक, साहित्यिक, कलाको आदानप्रदान गर्ने उद्देश्यले नेपाली लेखक संघ र युरासिया कल्चर फोरम, कोरियाको संयुक्त आयोजनामा महोत्सव गरिएको हो ।

महोत्सवमा युरासियाका तर्फबाट ६० भन्दा बढी साहित्यकार, कलाकर्मी, संस्कृतिकर्मीको उपस्थिति रहेका छ भने नेपालका तर्फबाट पाँच सयभन्दा बढी लेखक, कलाकार र संस्कृतिकर्मी सहभागी भएको आयोजकले जनाइएको छ ।

यस्तै महोत्सवको पहिलो दिन हिजो नेपाल र कोरियाका भाषा(साहित्य, संस्कृति, कला र समाजशास्त्र सम्बन्धी आठ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो भने सोही कार्यपत्र माथि छलफल समेत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ