थवागका जनताद्धारा विप्लवलाई भव्य सम्मान

थवागका जनताद्धारा विप्लवलाई भव्य सम्मान

  • बुधबार, फाल्गुन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

फागुण ११ रोल्पा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई जनयुद्धको उद्गम थलो रोल्पा थवागंका जनताले भव्य सम्मान गरेका छन् ।
पार्टीको आठौं महाधिवेशन सकिए पछि आज एक सार्वजनिक कार्यक्रममा ठूलो संख्यामा उपस्थित सर्वसाधारणले विप्लवलाई सम्मान गरेका थिए ।
साथै उनीहरुले प्रचण्डले पनि थवागंलाई धोका दिएको भन्दै उनले जस्तै धोका नदिन विप्लवलाई अनुरोध गरेको त्याहाबाट हाम्रा प्रतिनिधिले जनाएका छन् ।

थवागंबासीलाई सवोधन गर्दै महासचिव विप्लवले आफू बरु बलिदान गर्न तयार रहेको तर जनतालाई धोका नदिने प्रतिवद्धता जनाएका थिए ।
उनले अब सबै क्रान्तिकारी कम्युनिष्टहरु देशभक्त शक्तिहरुलाई एकतावद्ध गरेर देश र जनतालाई मुक्त पार्न क्रान्ति गर्नुको विकल्प नरहेको भन्दै अबको अन्तिम क्रान्तिमा साथ दिन थवागंका जनतालाई अपील गरेका थिए ।
हजारौ जनताका बीच उनले मशाल बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा सामना सांस्कृतिक परिवारका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ