काठमाडौँ । चर्चित नायिका केकी अधिकारीले अभिनय गरेको हेरी तिम्रो नजरमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका बसन्ता प्रकृतिको मनमा एल्बममा समावेश १ नम्बर ट्रयाक हेरी तिम्रो नजरमा बोलको गीतको सार्वजनिक भिडियोमा सुन्दरी नायिका केकीले धमाकेदार नृत्य प्रस्तुत गरेकी छिन् ।
गीतकार दिपक कौडिन्याको शब्द शृजनामा चण्डी प्रसाद काफ्लेले संगीत भरेको सार्वजनिक गीतको भिडियोमा सुन्दरी नायिका केकीलाई मोडल निकित बिकेले साथ दिएका छन् ।
अर्जुन अधिकारीले निर्देशन गरेको भिडियोको सुरेन बस्यालको कोरियोग्राफी गरेका हुन् । राजन इशानको एरेन्ज रहेको गीतको भिडियोको छायांकन हरि हुमागाईले गरेका हुन् भने भिडियो सम्पादन निशान घिमिरेले गरेका हुन् । सार्वजनिक गीतको अडियो भार्इब्स क्रियसले तयार गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline