‘ऊर्जा क्षेत्रमा क्रान्ति नगरी औद्योगिक क्षेत्रमा क्रान्ति सम्भव छैन’

‘ऊर्जा क्षेत्रमा क्रान्ति नगरी औद्योगिक क्षेत्रमा क्रान्ति सम्भव छैन’

  • बुधबार, फाल्गुन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ ११ फागुन ।
ऊर्जामन्त्री जनार्दन शर्माले ऊर्जा क्षेत्रमा क्रान्ति नगरी औद्योगिक क्षेत्रमा क्रान्ति सम्भव नरहेको भन्दै मुलुकमा ऊर्जा क्रान्ति सुरु भएको बताउनु भएको छ ।

उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा आजदेखिसुरु भएको विराट एक्स्पो ०७३ को उद्घाटन गर्दै उहाँले सरकारले चालु आर्थिक वर्षमै चार÷पाँचवटा जलासययुक्त परियोजना सुरु गर्ने सोचाइका साथ कार्य भइरहेको जानकारी गराउनुभयो ।

कोसी नदीबाट ठूलो परिमाणमा विद्युत् उत्पादन गर्ने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै मन्त्री शर्माले सप्तकोसी अन्तर्गतका भोटे, तमोर र अरुण नदीलाई पहाडी क्षेत्रमा नियन्त्रण गरेर विद्युत् उत्पादन गर्ने र यसबाट तराईमा कोसीको बाढीको जोखिमबाट समेत राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कोसी नदीबाट उत्पादित विद्युत् पूर्णरुपमा पूर्वी क्षेत्रमै खपत गर्ने भएकाले औद्यौगिक नगरी विराटनगरमा ठूल्ठूला उद्योग सञ्चालन गर्न उद्योगपतिलाई आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले बैंकले चारपटकसम्म ब्याजमा वृद्धि गरेकाले उद्योग धरासायी हुने सम्भावना बढेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी