स्ववियु निर्वाचन प्रक्रिया सुरु , विद्यार्थी नेताहरु जीत निकाल्ने रणनीतिमा

स्ववियु निर्वाचन प्रक्रिया सुरु , विद्यार्थी नेताहरु जीत निकाल्ने रणनीतिमा

  • बुधबार, फाल्गुन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

 ११ फागुन । त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसमा आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु भएको छ ।
निर्वाचनका लागि आज देशभरका त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले स्ववियु निर्वाचन मतदानमा सहभागी मतदाताको नाम प्रकाशन भएको छ ।

स्ववियु निर्वाचनको मिति फागुन १८ गते सारिएपछि नयाँ कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया सुरु भएको हो ।

प्रक्रियाअनुसार नै निर्वाचनमा सहभागी विद्यार्थी सङ्गठनले आजसम्म क्याम्पस निर्वाचन समितिमा सङ्घ सङ्गठन दर्ता पनि गराउने अन्तिम समय तोकिएको छ ।

निर्वाचन प्रक्रिया अनुसार फागुन १२ गते प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिने, १४ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने र १५ गते उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गर्ने तथा फागुन १८ गते मतदान तोकिएको छ । यसअघि त्रिविले फागुन १४ गतेदेखि हुने निर्वाचनको लागि फागुन १ गतेदेखि निर्वाचन प्रक्रिया सुरु गरेको थियो । आठ वर्षपछि स्ववियु निर्वाचन हुन थालेको हो ।

यसैबीच विभिन्न दल सम्बद्ध विद्यार्थी संगठनहरु स्वयवियु निर्वाचनमा आफ्नो जीतको रणनीति बनाउन लागि परेका छन् ।
नेविसघं, अखिल , अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनका नेताहरु संगठनलाई जीताउने रणनीतिमा लाग्न थालेका हुन् ।
उनीहरुले भर्ना भएका विद्यार्थीहरुलाई संगठित गर्ने, मत माग्ने लगायतका काम शुरु गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी