राजनीतिक दलसम्बन्धी विधेयक पारित गराउन पहल गर्न सरकारलाई पत्रचार गर्ने आयोगको तयारी

राजनीतिक दलसम्बन्धी विधेयक पारित गराउन पहल गर्न सरकारलाई पत्रचार गर्ने आयोगको तयारी

  • बुधबार, फाल्गुन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ११ फागुन ।
निर्वाचन आयोगले संसदको राज्य व्यवस्था समितिमा छलफलका क्रममा रहेको राजनीतिक दलसम्बन्धी विधेयक पारित गराउन आवश्यक व्यवस्था गर्न गृह मन्त्रालयलाई पत्रचार गर्ने निर्णय गरेको छ ।

थ्रेस होल्डका विषयमा दलहरुबीच सहमति जुट्न नसक्दा लामो समयदेखि उक्त विधेयक समितिबाट पारित हुन सकेको छैन । प्रमुख तीन दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्र थ्रेस होल्डका पक्षमा रहेका छन् भने साना दल थ्रेस होल्ड राख्न नहुने पक्षमा देखिएका छन् ।

आज एक विज्ञप्ती जारी गर्दै आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले विधेयक पारित गराउनका लागि आवश्यक पहल गर्न गृहमन्त्रालयलाई पत्रचार गर्ने निर्णय गरेको जानकारी गराउनु भयो ।

आसन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको सहभागिताको सुनिश्चितताका लागि राजनीतिक दल दर्ता र व्यवस्थापन गर्न राजनीतिक दलसम्बन्धी कानुन आवश्यक भएको आयोगले जनाएको छ ।

आगामी वैशाख ३१ गते स्थानीय तह निर्वाचनको मिति तोकेकोमा सरकारलाई धन्यवाद दिदै तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको लिखित पत्र लेखी पठाउने निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषद्को फागुन ९ गते बसेको बैठकले आगामी वैशाख ३१ गते स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेको थियो । करिब १९ वर्षको अन्तरालपछि सरकारले निर्वाचनको मिति घोषणा गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ