सिरहा, फागुन ११।
सिरहामा गएराति भएको छुट्टाछुट्टै दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । पिप्रा–५ को कमला नहरको किनारमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पिप्राका रुपेश यादव, हरेराम यादव र नितेश यादव रहेका छन् । नितेशको उपचारको क्रममा जिल्ला अस्पताल सिरहामा मृत्यु भएको हो भने दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
त्यसैगरी, पूर्व पश्चिम राजमार्ग अन्तर्गत चोहर्वामा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स १ त ३२४८ नम्बरको ट्रयाक्टर दुर्घट्ना हुँदा सिरहा धनगढीमाई नगरपालिका–१० का महनती यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline