राजधानीमा आज देखि तिन दिने साहित्य संस्कृति र कला महोत्सव हुदै

राजधानीमा आज देखि तिन दिने साहित्य संस्कृति र कला महोत्सव हुदै

  • बुधबार, फाल्गुन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमान्डौ माघ ११।
आज देखि राजधानीमा नेपाल – दक्षिण कोरिया साहित्य, संस्कृति र कला महोत्सव सुरु हुदै छ । तीन दिन सम्म चल्ने महोत्सवको आज विहान साढे १० बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली लेखक संघ र युरासिया कल्चर फोरम, कोरियाको संयुक्त आयोजनामा हुन लागेको उक्त महोत्सब कमलादी स्थित नेपाल प्रज्ञा(प्रतिष्ठानमा सञ्चालन हुने छ । नेपाल र दक्षिण कोरियाबीच सांस्कृतिक, साहित्यिक, कलाको आदानप्रदान गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सवमा युरासियाका तर्फबाट ६० भन्दा बढी साहित्यकार, कलाकर्मी, संस्कृतिकर्मीको उपस्थिति रहने र नेपालका तर्फबाट पनि पाँच सयभन्दा बढी लेखक, कलाकार र संस्कृतिकर्मी सहभागी हुने आयोजकले जनाइएको छ ।

महोत्सवको पहिलो दिन नेपाल र कोरियाका भाषा(साहित्य, संस्कृति, कला र समाजशास्त्र सम्बन्धी आठ वटा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि छलफल हुने लेखक संघका कार्यवाहक अध्यक्ष कवि श्रवण मुकारुङले जानकारी दिनु भयो ।

भोली दुवै मुलुकका दुई दर्जन कविले कविता वाचन गर्नेछन् भने डेढ दर्जन नेपाली गजलकारले गजल प्रस्तुत गर्नेछन् । सो क्रममा नेपाली कवि र गजलकारले विभिन्न मातृभाषामा सिर्जना प्रस्तुत गर्ने छन् ।

अन्तिम दिन नेपाली र कोरियाली चित्रकार तथा मूर्तिकारका चित्रकला, मूर्तिकलाको प्रदर्शनी तथा कलाबारे अन्तर्क्िरया कार्यक्रम गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ