काठमाडौं, फागुन १० ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारले घोषणा गरेको मितिमै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
काठमाडौंमा आज गरिएको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले एकै चरणमा देशभर स्थानीय तहको निर्वाचन गराउन आयोग सक्षम रहेको बताउनुभयो ।
निष्पक्ष, धाँधलीरहित निर्वाचन सम्पन्न गराउने कामलाई आयोगले तीव्रता दिएको उहाँको भनाइ थियो । प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले निर्वाचनपछि मुलुकले गति लिने बताउनुभयो ।
उहाँले एक हप्ताभित्र निर्वाचनसम्बन्धी आचारसंहिता लागू हुने पनि स्पस्ट पार्नुभयो । निर्वाचनलाई चुनौतीभन्दा पनि अवसरकारुपमा लिनुपर्ने भन्दै यादवले सबैको सहयोगको अपेक्षा गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline