काठमाण्डौ, फागुन १० ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेची महाकाली अभियानको तयारी पुरा भएको जनाएको छ । अभियानमा सबै नेता कार्यकर्तालाई अनिवार्य उपस्थिति हुन हृवीप जारी गरेको छ ।
आज राजधानीमा पत्रकार सम्मेलन गर्दै एमालेले आफ्नो अभियानको तयारी पूरा भएको भन्दै आफ्नो पूर्व्निर्धा्रित कार्यक्रममा अवरोध नगर्न अन्य राजनीतिक दल र तिनका कार्यकर्तालाई आग्रह गरेको छ ।
अभियानको सम्पर्क कार्यालयको स्थापना गर्दै अध्यक्ष केपी ओलीले आफूहरुको अभियान राष्ट्रिय एकताका बारेमा प्रष्ट पार्ने र यो कसैका बिरुद्ध नहुने स्पष्ट पार्नुभयो । उहाँले यसले एमालेबिरुद्ध छरिएको भ्रम चिर्नका लागि अभियान सन्चालन गर्न लागिएको बताउनु भयो ।
अभियानका सबै कार्यक्रमहरु पूर्व पश्चिम राजमार्ग केद्रित हुने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो । अभियान फागुन २१ गते झापाबाट सुरु भइ चैत ४ गते कैलालीको कञ्चनपुर पुगेर सकिने एमालेले जनाएको छ ।