संसद बैठक भोली दिउँसो २ बजेसम्मका लागि स्थगित

संसद बैठक भोली दिउँसो २ बजेसम्मका लागि स्थगित

  • मङ्लबार, फाल्गुन १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमान्डौ १० फागुन ।
लामो समयको स्थगनपछि आजै बस्ने तयारी भएको संसद बैठक अन्ततः स्थगित भएको छ ।

नयाँ बानेश्वर स्थित संसद भवनमा दिउसो १ बजेपछि बस्ने भनिएको बैठक बिशेष कारणवश स्थगित भएको संसद सचिवालयले जनाएको छ । बैठकमा संविधान संशोधन विधेयक अघि बढाउने तयारी थियो ।

यसअघि स्थानीय निर्वाचन र त्यसका लागि आवश्यक राजनैतिक वातावरण निर्माणका लागि भन्दै संसद बैठक १६ दिनका लागि स्थगित भएको थियो ।

संसद बैठकअघि सभामुख ओनसरी घर्ती मगरले आजको बैठककोे एजेन्डा लाई अन्तिम रुप दिने तयारी गर्नु भएको थियो ।

यस्तै आजको बैठकमा संविधान संशोधनका विषयमा छलफल गर्नुका साथै निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीका सम्बन्धमा महाअभियोग सिफारिस समितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गर्ने तयारी थियो । संसदको बैठक भोली दिउँसो २ बजे बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ