काठमाडौ १० फागुन ।
सिन्धुलीको त्रिवेणीमा सुख्खा पहिरो खसेपछि सडक धास्सिएर अवरुद्ध रहेको विपि राजमार्ग आज बिहानबाट एकतर्फी रुपमा सुचारु भएको छ ।
पहिरो गएका कारण दुइ दिनदेखि अबरुद्ध बीपी राजमार्गमा बिहानबाट साना सवारी चल्न थालेका छन् । सडकमा वैकल्पिक ट्याक निर्माण गरी एकतर्फी रुपमा सवारी सुचारु गरिएको प्रहरीले जनाएको छ ।
सडक आयोजनाका स्काभेटर तथा नेपाली सेना, प्रहरीले संयुक्त रुपमा बैकल्पिक ट्रयाक खोलेका हुन् । खुर्कोट, नेपालथोक खण्डको शीतलपाटी गाविस ९ त्रिवणीघाट नजिक कालोपत्रे सडक आइतबार राती धसिएर थियो ।
दुई किलोमिटर लामो बैकल्पिक सडकमा दुई तर्फी सवारी साधान वारपार गर्न सक्ने अवस्था भने नरहेको बताइएको छ । यस्तै सो क्षेत्रमा साना बाहेकका सवारी साधनलाई निषेध गरिएको प्रहरी उपरिक्षक उमाशंकर पंजियारले जानकारी दिनुभयो ।
सिन्धुलीका अलावा पूर्वी नेपाल, मध्य पहाडी लोकमार्ग जनपुर अञ्चलका साना सबै जिल्लाका दैनिक सयौं साना तथा ठूला सवारी साधन बीपी राजमार्ग भएर राजधानी आवतजावत गर्ने गर्दछन् ।