काठमाडौ १० फागुन ।
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि विभिनन कार्यक्रमको आयोजना गरी मनाइदैछ । हरेक वर्षको फेबु्रअरी २१ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।
सन् १९५२ मा तत्कालिन पूर्वी पाकिस्तान तथा हालको बंगलादेशमा बंगाली भाषा बोल्न पाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोनलनको सम्झनामा मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।
सन् २००० देखि संयुक्र राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाउन थालिएको हो । युनेस्कोले पनि सन् १९९९ नोभेम्बर १७ तारीखमा यसलाई दिवसका रुपमा स्वीकार गरेको थियो ।
विश्वका विभिन्न भाषा तथा संस्कृतिका विविधतासँगै बहुभाषाको प्रयोगलाई बढावा दिन यो दिवस मनाउदै आएको छ । २०६८ को जनगणना अनुसार नेपालमा १ सय २३ भाषाहरु मातृभाषाको रुपमा बोल्ने गरेको पाइएको छ ।
दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिस्ठान, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठान, युनेस्को लगायतका सरकारी तथा गैरसरकारी संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरेको छ ।