काठमाडौं, फागुन १०।
नवलपरासीको गैडाकोट–१० पितौजीमा गएराति मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सन्ध्या महतो रहेको प्रहरीले जनाएको छ ।े ठेगाना खुल्न नसकेको उनको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।
घाइते हुनेमा साइकलयात्री, कावासोती–१० का धन बहादुर थापा र मोटरसाइकल चालक कावासोती–१४ का वीरेन्द्रराज थनेत रहेका छन् । घाइते दुबै जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline