काठमाडौ ९ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निकाय निर्वाचनको मिति आजै घोषणा हुने बताउनु भएको छ । निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनको आजबाट राजधानीमा सुरु १३ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनलाई सुनिश्चित गर्न निर्वाचन अपरिहार्य रहेकाले आजै मिति घोषणा गर्ने सरकारको तयारी भएको बताउनुभयो ।
जनताको ठूलो बलिदानीबाट प्राप्त उपलब्धिलाई स्थापित गर्नका लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने भन्दै उहाँले अर्को वर्षको कात्तिकमा प्रदेश र केन्द्रको निर्वाचन गर्नका लागि सरकारले तयारी गरिरहेको समेत उल्लेख गर्नुभयो ।
राष्ट्रियता बिपरित आफूले कुनै पनि निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सबैको भावना समेटेर अघि बढ्ने धारणा राख्नुभयो ।