काठमान्डौ फागुन ९।
डल्लु क्षेत्रको सामुदायिक वनबाट अवैध रुपमा निकालेर लुकाइ राखेको १ सय ३४ थान मूर्ति ढुङ्गा बरामद गरिएको छ ।
जिल्ला वन कार्यालय काठमाडौं मातहतको शेषनारायण ईलाका वन कार्यालय दक्षिणकाली अन्तर्गत पर्ने उक्त सामुदायिक वनबाट अवैध रुपमा निकालेको मुर्ति ढुङ्गा बरामत गरिएको हो ।
उक्त मुर्ति ढुङ्गा निकाली लुकाइ राखेको भन्ने सुचनाको आधारमा गएको शेषनारायण ईलाका वन कार्यालय दक्षिणकाली र ईलाका प्रहरी कार्यालय दक्षिणकालीको संयुक्त गस्ती टोलीले बरामत गरेको जनाएको छ ।
टोलीले आवश्यक अनुसन्धानका लागि सो मुर्ति ढुङ्गा जिल्ला वन कार्यालय काठमान्डौमा बुझाएको छ ।
पछिल्लो समय जिल्ला वन कार्यालय काठमाडौंले यस्ता किसिमका अवैध कार्यहरुमा नियन्त्रण गर्नका लागि गस्ती टोली खटाउने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline