काठमाडौ ९ फागुन ।
तामाङ समुदायको साँस्कृतिक पर्व २८५३ औं ज्या ल्होछारको अवसरमा जापानको टोक्योमा बृहत साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाल तामाङ समाज जापानको आयोजनामा टोक्योको इताबासीमा भएको कार्यक्रममा नेपालबाट गएका चर्चित कलाकारहरुका साथमा स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए ।
इताबासीस्थित कुमिन सेन्टरको सभाहलमा आइतबार भएको कार्यक्रममा नेपालबाट गएका वरिष्ठ गायक तथा संगितकार चन्द्रकुमार दोङ, गायिका निर्माला घिसिङको प्रस्तुतिले कार्यक्रमस्थल संगितमय बनेको थियो ।
एनआरएनएका आईसीसी सदस्य ओम गुरुङको विषेश आतिथ्यतामा भएको कार्यक्रममा कलाकार बुद्धि तामाङको हाँस्य ब्यङ्ग्यात्मक प्रस्ुतती तथा स्थानीय कलाकारको प्रस्तुतीले कार्यक्रमको माहोल गर्माएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि गुरुङले तामाङ समाज जापानले आयोजना गरेको ल्होछार विषेश कार्यक्रमले तामाङ जातिहरूको कला संस्कृति, भाषा, धर्म संरक्षण गर्न ठूलो सहयोग मिल्नुका साथै बिश्व समुदाय सामु राम्रो सन्देश जाने धारणा राख्नुभयो ।
त्यस्तै कार्यक्रममा अन्य अतिथिहरूले समाजले बार्षिक रूपमा आयोजना गर्दै आइरहेको ल्होछार विषेश कार्यक्रमले तामाङ जातिको बलियो एकतालाई प्रतिबिम्बित गरेको भन्दै यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन् ।
तामाङ समाज जापानका अध्यक्ष कर्मा तामाङले ल्होछार र यसको महत्वबारे प्रकाश पार्नुहुदै कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्याबाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रम समापन लगत्तै जापान टोक्योस्थित नेपाल जापान सांस्कृतिक प्रतिष्ठानले एक औपचारिक कार्यकम आयोजना गरी नेपालबाट आमन्त्रित कलाकारहरूलाई खाता लगाएर सम्मान तथा बिदाइ समेत गरेको छ ।
फोटो : फूर्वा शेर्पा






