काठमाडौ ९ फागुन ।
मुग्लिन नारायणगढ सडकखण्ड अन्तरगत चितवनको १७ किलो भन्ने स्थानबाट त्रिशुली नदीमा जीप खस्दा दुई जना वेपत्ता भएका छन् ।
चितवनको खैरहनीबाट गोरखा जाँदै गरेको बा ३ च ७५४३ नम्बरको जीप आज बिहान त्रिशुली नदीमा खसेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।
एकै परिवारका पाँच सहित ६ जना सवार जीप सडकबाट करिब दुई सय मिटर तल त्रिशुली नदीमा खसेका थिए ।
चालकसहित अन्य चार जनालाई सकुशल उद्धार गरेपनि गोरखा तार्को ३ का ६५ वर्षीय विष्णुमाया गुरुङ र उनका नाति १३ वर्षीय कबिन गुरु बेपत्ता भएका छन् ।
प्रहरीले विष्णुका छोरा भिमबहादुर, बुहारी रिमा, नाति न्युटल र जीपका चालक चितवन कबिलास ४ का शिवराम खड्काको उद्धार गरेको छ । उनीहरुको चितवन मेडिकल कलेमा उपचार भइहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline