सिन्धुलीको त्रिवेणीमा सुख्खा पहिरो जाँदा विपी राजमार्ग अवरुद्ध

सिन्धुलीको त्रिवेणीमा सुख्खा पहिरो जाँदा विपी राजमार्ग अवरुद्ध

  • सोमवार, फाल्गुन ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, फागुन ९।
सिन्धुलीको त्रिवेणी भन्ने ठाउँमा गएराति सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । एक्कासी पहिरोले सडक भासिएपछि सिन्धुली बर्दिबास हुँदै चल्ने सवारी साधनहरु विच बाटोमै रोकिएको सिन्धुली प्रहरीले जनाएको छ ।

सडक भासिएपछि रामेछाप, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली सहित पूर्व जाने यात्रुलाई समस्या हुने भएको छ ।
बाटो छोटो भएकाले पूर्व चल्ने साना गाडी यही सडकबाट चल्ने गरेका थिए ।

झण्डै २० देखि ३० फिट सडक भासिएको र तल सुनकोशी नदी भएकाले तत्काल बाटो खुलाउन समस्या हुने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उत्तमप्रसाद बरालले जानकारी दिनुभयो ।

जापान सरकारले बनाएको बीपी राजमार्गमा दुई वर्षअघिदेखि सवारी साधनहरु सञ्चालनमा आएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ