रुपन्देही मर्चवारस्थित वडबलिया प्रहरी चौकीमा आक्रमण

रुपन्देही मर्चवारस्थित वडबलिया प्रहरी चौकीमा आक्रमण

  • आइतवार, फाल्गुन ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौ ८ फागुन ।
रुपन्देहीको मर्चवारस्थित वडबलिया प्रहरी चौकीमा स्थानीय बासिन्दाले आक्रमण गरेर प्रहरीको हतियार लुटेका छन् । स्थानीय बासिन्दाले चौकीमा आक्रमण गरेर प्रहरीको एक थान हतियार लुटेर लगेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाले जानकारी दिनुभयो ।

मर्चवारमा शनिबार सिके राउतका कार्यकर्ताले कार्यक्रम गर्न खोजेको तर प्रहरीले कार्यक्रम गर्न नदिएको भन्दै एक समूहको उक्साहटमा स्थानीय बासिन्दाले प्रदर्शन सहित चौकीमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । सो क्रममा प्रहरीले ३ जना आन्दोलनकारीलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले अहिले पनि प्रदर्शन गरिरहेका छन् ।

आक्रमणमा परी प्रहरी सहायक निरिक्षक राजकुमार श्रेष्ठ सहित पाँच जना प्रहरी र एघार जना आन्दोलनकारी घाईते भएका छन् । घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ