आइजीपीका बारेमा आज सर्वोच्चमा बहस हुँदै

आइजीपीका बारेमा आज सर्वोच्चमा बहस हुँदै

  • आइतवार, फाल्गुन ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं फागुन ८ ।
नेपाल प्रहरीको महानिरीक्षक आइजीपीमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा देखा परेको अन्योलताबारे आज सर्वोच्च अदालतमा बहस हुँदैछ ।

आइजीपी सम्बन्धी सर्वोच्च अदालतमा परेको दुईवटा मुद्दालाई अदालतले एउटै बेञ्चमा राखेर आज सुनुवाई गर्न लागेको हो । तेस्रो वरियताको डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने मन्त्रिपरिषदको निर्णयलाई अदालतले अल्पकालीन अन्तरिम आदेश मार्फत् रोकेर राखेको छ ।

डीआइजी नवराज सिलवालले बरियताका आधारमा आफूलाई आइजीपी बनाउने आदेश गरीपाउँ भन्दै दर्ता गरेको दोस्रो रिटमाथि पनि आजै छलफल हुँदैछ । चन्दलाई आइजीपीमा नियुक्त गर्ने सरकारको निर्णयलाई अदालतले वैध् ठहराएको अवस्थामा आइजीपी नियुक्ति प्रकरण स्वतः समाप्त हुनेछ ।

तर, चन्दको नियुक्ति बदर भयो भने अदालतले कसलाई कुन प्रक्रियाबाट आइजीपी बनाउने भन्ने व्याख्या गर्न सक्ने छ भने सिलवाल वा अरु कसैलाई आइजीपी बनाउने बाटो खुल्न सक्ने छ ।
सर्वोच्च अदालतले आजै कुनै निर्णय दिन सकेन भने नेपाल प्रहरीभित्रको आइजीपीको अन्यौलता अझै केही समय कायम रहन सक्ने छ । तर, अदालतले कुनै निकास दियो भने भोली बस्ने मन्त्रीपरिषद बैठकले यो अन्यौललाई हटाउन सक्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ