तत्काल निर्वाचन मिति घोषणा गर्न माओवादी केन्द्रको सुझाव

तत्काल निर्वाचन मिति घोषणा गर्न माओवादी केन्द्रको सुझाव

  • शनिबार, फाल्गुन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौ ७ फागुन ।
नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठकले एकदुई दिनभित्रै तीनै तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको छ ।

माओवादी केन्द्रको हेडक्वाटर बैठकका क्रममा सदस्यले अन्तिम पटक सत्तारुढ कांग्रेस, मधेसी मोर्चा र निर्वाचन आयोगसँग पनि छलफल गरी तत्काल तीनै तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको हो ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहको निर्वाचनबारे सरकारले गरेको तयारी र राजनीतिक दलहरुसँग भएको सम्वादबारे जानकारी गराउनुभएको थियो ।

बैठकले पार्टी सदस्यता नवीकरण, पार्टीका स्थानीय तहका कमिटीहरुको सम्मेलन सम्पन्न गर्ने, बाँकी रहेका जनवर्गीय संगठन र विभागहरुको एकता सम्पन्न गर्ने र निर्वाचनलाई केन्द्रित गरेर संगठनात्मक कामलाई अघि बढाउने निर्णय समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ