स्ववियु निर्वाचन सरेपछि त्रिविद्धारा नयाँ निर्वाचन तालिका सार्वजनिक

स्ववियु निर्वाचन सरेपछि त्रिविद्धारा नयाँ निर्वाचन तालिका सार्वजनिक

  • शुक्रबार, फाल्गुन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ६ फागुन । 
त्रिभुवन विश्वबिद्यालयले आगामी फागुन १८ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि कार्यकारी परिषदको आजको बैठकले एक साता लामो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

यसअघि फागुन १४ गतेका लागि निर्धारण गरिएको निर्वाचन पाँच दिन सरेपछि पुनः नया कार्र्यतालिका तय गरेको छ । नयाँ कार्यतालिका अनुसार फागुन ११ गते मतदाता नामवली सूची प्रकाशित गर्ने भएको छ ।

त्यस्तै सोही दिन २ बजेसम्म मतदाता सूचीमाथि दावी बिरोध गर्ने र फागुन १२ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ ।

फागुन १२ गते नै प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको मनोनयत वितरण गरिनेछ । फागुन १४ गते उम्मेदवारी दर्ता हुनेछ भने १५ गते मध्यान्ह १२ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।

यसैगरी १५ गते नै दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । परिषदको बैठकले १८ गते हुने निर्वाचनको समय सम्बन्धित क्याम्पसलाई नै तय गर्न छुट दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ