लागुऔषध चरेससहित पक्राउ परेका पाँच जनालाई आज सार्वजनिक

लागुऔषध चरेससहित पक्राउ परेका पाँच जनालाई आज सार्वजनिक

  • शुक्रबार, फाल्गुन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ६ फागुन । 
लागु औषध चरेससहित पक्राउ परेका पाँच जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । विराटनगरको एक होटलबाट सूचनाको आधारमा बिहीबार अपराह्न ५१ किलो ४०० ग्राम चरेससहित पक्राउ परेका उनीहरुलाई आज सार्वजनिक गरेको हो ।

पक्राउ परेका लागु औषधको अन्तर्राष्ट्रिय बजारमा करोडौँ मूल्य रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरको टिस्टुङ–५ का १८ वर्षीय प्रतापसिंह गोले र १९ वर्षीय वुद्ध बम्जन, काभ्रेपलाञ्चोक नयाँगाउँ का १८ वर्षीय राम गुरुङ, १७ वर्षीय अरुण गुरुङ र धादिङ भुमेस्थान–१ का १८ वर्षीय मिलन राउतलाई रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले आज सार्वजनिक गरेको हो । उनीहरुले चार वटा चरेसको प्याकेट बनाएर चारवटा सुटकेसमा फ्ल्स बटम बनाएर लुकाएर राखेका थिए । बिहीबार नै जोगबनी भएर भारतको कोलकत्ता जाने तयारीमा रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सन्दिप भण्डारीले बताउनु भयो ।

उनीहरुको साथबाट रेलको टिकट, पाँच थान मोबाइल, भारतीय मुद्रा १४ हजार ४००, नेपाली मुद्रा रु एक हजार र पाँच थान नेपाली नागरिकताका साथै बस चढेर काठमाडौँबाट विराटनगर आएका पाँच थान टिकट बरामद गरिएको छ ।

उनीहरुमाथि आजै लागुपदार्थ ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ । यसअघि, गत पुस ६ गते विराटनगर–२१ बाट भारतको कोलकत्ता बस्ने वर्ष २५ को शेख रिमादलाई तीन किलो ४५ ग्राम चरेससहित प्रहरीले पक्राउ गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ